काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोज्ने एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो संसद भवन प्रवेश गर्ने क्रममा खगेन्द्र सुनार पक्राउ परेका हुन्।
खगेन्द्रले ‘दलितलाई खै’ भन्दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन्। उनी संसद भवन भने दोस्रो पटक प्रवेश गर्न खोजेका हुन्। उनले गृहमन्त्री रमेश लेखककै निर्देशनमा अन्तरजातीय विवाह गरेका जोडीलाई छुटाउनका लागी प्रहरी प्रयोग गरेको र दमन गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।