काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले केपी ओली नेतृत्वको दुई तिहाइ सरकार व्यक्ति केन्द्रित प्रतिशोधमा उत्रिएको आरोप लगाएका छन् ।
आइतबार नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौंमा सम्बोधन गर्दै उनले प्रतिशोधपूर्ण व्यवहारका कारण सरकारले विश्वास गुमाउँदै गएको जनाए।
‘दुई तिहाइको वर्तमान सरकार बलियो छ । त्यति नै आशङ्का देखिएका छन् । सरकारले व्यक्ति हेरेर प्रतिशोध गरेको छ । विश्वास गुमेको र शङ्का गर्नुपर्ने परिस्थिति छ’, अर्यालले भने, ‘संसद् बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याएर के आपत्ति परेछ सरकारलाई ? कसको स्वार्थपूर्ति गर्न हतारमा अध्यादेश ल्याएको हो ? यसको जवाफ सरकारले दिनुपर्नेछ ।’
वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् जसले राजनीतिलाई भ्रष्टाचार गर्ने थलो बनाए, उनीहरू नै आज भर्खर राजनीतिमा प्रवेश गरेकामाथि डण्डा चलाउने प्रयास गरेको उनले जनाए । जसले सुशासन र जनताको मुद्दा उठाएका छन् उनीहरूमाथि सरकारले दमन गरिराखेको भन्दै सरकारको नियतमै खोट रहेको अर्यालले आरोप लगाए ।