एजेन्सी । प्यालेस्टाइन लडाकु समूह हमासले आज थप ३ जना बन्दीको रिहा गर्ने भएको छ ।
आज शनिबार रिहा हुन लागेका तीनै जना पुरुष हुन् । रिहा हुने सूचीमा एली शराबी, ओहद बेन अमी र ओर लेवी छन् ।
हमासले जनवरी १९ मा युद्धविराम शुरु भएदेखि अहिलेसम्म १८ जना बन्धकहरूलाई मुक्त गरेको छ । यस्तै इजरायलले ३८३ प्यालेष्टिनी कैदीलाई रिहा गरिसकेको छ ।
इजरायलले तीन बन्दी फिर्ताको सट्टामा आज १८३ जनालाई फिर्ता गर्ने बीबीसीले जनाएको छ । तीन हप्ताको अवधिमा युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा ३३ बन्धक र एक हजार ९०० कैदी रिहा गने तालिका छ ।