काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपमा घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ ।
निरन्तर बढेको सुन शुक्रबार (आज) तोलामा ४ सय रुपैयाँ घटेको हो । त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा सामान्य अंकले बढेको थियो ।