काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त गरेका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्ने जनाएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राप्त अधिकारलाई थप बलियो बनाउन र अधिकार कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने जनाएका हुन् ।
मुलुकको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका पार्टी कांग्रेस र एमाले मिलेर बनेको सरकारले प्राप्त अधिकारलाई कटौती गर्न नसक्ने उनले जनाए । त्यस्तै सिंहले सबै मिलेर प्राप्त अधिकारलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
उनले आदिवासी जनजातिहरूको मौलिक संस्कृति र पहिचानलाई पनि जगेर्ना गर्नुपर्ने धारणा राखे ।