शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिमस्टेकको तेस्रो बैठक काठमाडौंमा आयोजना

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बिमस्टेकको तेस्रो बैठक काठमाडौंमा आयोजना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बिमस्टेक नेटवर्क अफ टुर अपरेटर्सको तेस्रो बैठक काठमाडौंमा आयोजना गरिएको छ । बिहीबार र शुक्रबार काठमाडौंमा बिमस्टेक सदस्य राष्ट्र बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका, थाइल्यान्ड र नेपालका पर्यटन सम्बन्धित निकाय तथा निजी क्षेत्रका सरोकारवालाको भेला आयोजना गरिएको हो । बैठकले क्षेत्रीय पर्यटन प्रवर्द्धन र सहकार्य थप सुदृढ पार्ने लक्ष्य राखेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बैठकलाई बोर्डले सहजीकरण तथा समन्वय गरिरहेको छ । बैठक उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नेपालका दिगो पर्यटन प्रवर्द्धन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदा संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्दै बिमस्टेकले क्षेत्रीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अवसर प्रदान गर्ने दाबी गरे ।

उनले सीमापार पर्यटन प्रवर्द्धन तथा साझा सम्पदाको अधिकतम उपयोग बिमस्टेक सदस्य राष्ट्रहरूका लागि लाभदायक हुने बताए । बिमस्टेकका निर्देशक सी थु आङले पर्यटनलाई क्षेत्रको प्रमुख आर्थिक क्षेत्रका रूपमा परिभाषित गर्दै, सहकार्यद्वारा यस क्षेत्रका पर्यटन सम्भावना सदुपयोग गर्न सकिने जनाए ।

उनले क्षेत्रीय सहकार्यले दीर्घकालीन साझेदारी निर्माण गर्नुका साथै रोजगारी, राजस्व वृद्धिमा योगदान पुर्‍याउने र जनता–जनताबीच सम्बन्ध थप सशक्त बनाउने विश्वास व्यक्त गरे । त्यसैगरी पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बैठकप्रति उत्साह व्यक्त गर्दै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा नेपालको अग्रणी भूमिका रहेको जनाए ।

उनले यस बैठकलाई सहकार्य र रणनीतिक योजना विकासको प्रमुख अवसरका रूपमा चित्रण गर्दै नेपालले बिमस्टेक साझेदार राष्ट्रहरूसँग मिलेर पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने जनाए ।

बैठकमा बिमस्टेक बौद्ध तथा क्रुज सर्किट सञ्चालन, गन्तव्य व्यवस्थापन, संयुक्त बजारीकरण, सांस्कृतिक आदान प्रदान कार्यक्रम, भिसा सहजीकरण तथा बिमस्टेक ट्राभल एन्ड टुरिज्म मार्टको वार्षिक आयोजना जस्ता विषयमा विस्तृत छलफल हुने जनाइएको छ । सीमापार यात्रा सहज बनाउन विशेष पर्यटकीय सर्किट विकास तथा अन्वेषण गर्ने विषयलाई समेत बैठकको प्राथमिकतामा राखिएको छ ।

बैठकको निष्कर्षले सार्वजनिक–निजी साझेदारीलाई थप मजबुत बनाउँदै, पर्यटन व्यवस्थापनमा सुधार ल्याउने तथा बिमस्टेक क्षेत्रमा निर्वाध सम्पर्कलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । यसले क्षेत्रीय पर्यटन वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो पनि पढ्नुहोस्

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

संसदीय विशेष समिति गठन गर्न ध्यानाकर्षण

९ घण्टा अगाडि
मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने

आत्महत्या रोकथाम तथा मानव अधिकारको सुनिश्चितता गर्न आग्रह

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक