मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्।

बुधबार ऊर्जा मन्त्रालयमा कोशी प्रदेशबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरूसँग भएको छलफलमा मन्त्री खड्काले सरकारको ऊर्जा विकास योजनाअनुसार ठूला जलविद्युत् आयोजना अघि बढाउन सांसदहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।

“सरकारले आगामी १० वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न सांसदहरूको सहकार्य अपरिहार्य छ,” मन्त्री खड्काले भने। उनले उत्पादित विद्युत् बजार सुनिश्चित भएकाले लगानीकर्ताहरूका लागि यो क्षेत्र भरपर्दो रहेको स्पष्ट पारे।

मन्त्री खड्काले लामो समयदेखि अल्झिएका केही जलविद्युत् आयोजनाहरूलाई सरकारले तीव्र गतिमा अगाडि बढाउने बताए। “कतिपय आयोजनामा सरकारको ठूलो लगानी भए पनि प्रतिफल न्यून छ। अब यस्तो अवस्थालाई परिवर्तन गर्नुपर्छ,” उनले थपे।

सांसदहरूको धारणा

छलफलमा सहभागी पूर्वमन्त्री योगेश भट्टराईले कोशी प्रदेशको विकास ऊर्जा र पर्यटनका माध्यमबाट सम्भव भएको बताउँदै स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी जलविद्युत् आयोजना अघि बढाउनुपर्ने धारणा राखे। उनले तमोर जलाशययुक्त आयोजना सञ्चालनका लागि लगानी जुटाउनुपर्ने सुझाव दिए।

उनले पाथिभरा मन्दिर सबैको साझा सम्पदा भएकाले यसलाई विवादमा नलैजानु उचित हुने बताए। “पाथीभरामा केवलकार निर्माण गरिए यहाँको आर्थिक समृद्धिमा टेवा पुग्नेछ,” भट्टराईले जोड दिए।

पूर्वमन्त्री सीता गुरुङले सरकारको ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। उनले आयोजनाहरूलाई प्राथमिकता निर्धारण गरी व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने धारणा राखिन्।

त्यसैगरी, पूर्वमन्त्री अमललाल मोदीले सुनसरी–मोरङ सिंचाइ योजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउनुपर्ने बताए। उनले तराई क्षेत्रमा बर्सेनि आउने बाढीको दीर्घकालीन समाधान खोज्न सरकारलाई आग्रह गरे।

राज्यमन्त्री पूर्णबहादुर तामाङले उर्जा तथा सिंचाइ क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताए। उर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा विकास योजनालाई सफल बनाउन जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे।

छलफलमा सांसद रामकुमार राई, सुहाङ नेम्वाङ, महेश बस्नेत, अम्बरबहादुर रायमाझी, राजेन्द्र राई, उर्मिला थेवे, हर्कमाया विक, राष्ट्रिय सभा सदस्य रुक्मिणी कोइरालालगायतले उर्जा र सिंचाइ परियोजनाहरू जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी अघि बढाउन सरकारलाई आग्रह गरे।

मन्त्री खड्काले अन्य प्रदेशका सांसदहरूसँग पनि यस्तै छलफल गर्दै जाने बताएका छन्।

यो पनि पढ्नुहोस्

संसद् समन्वय बोर्डको पहिलो बैठक बस्ने तयारी

कांग्रेसकाे उम्मेदवारी शुल्क ताेक्याे

४ घण्टा अगाडि
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

१४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक