काठमाडौं । कथानक चलचित्र ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक गरेको क्यारेक्टर लुक्स पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् ।
उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने अनुमान गर्न सकिन्छ । वर्गीकृत विज्ञापन विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् केही अगाडि निर्माण घोषणा भएको चलचित्रको अन्य कलाकार सार्वजनिक गरिएको छैन । चलचित्र जीवन सिंहले निर्देशन गर्न लागेका हुन् ।
क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशक सिंहले जनाए । चलचित्र पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । चलचित्रको छायाङ्कन पश्चिम नेपालमा हुने जनाइन्छ ।