पोखरा । पोखरामा जारी आहा–रारा पोखरा गोल्डकप फुटबलमा आज सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
मंगलबारबाट सुरु भएको २४ औं संस्करणको प्रतियोगिताको दोस्रो खेलमा एपीएफ र मच्छिन्द्र आमनेसामने हुन लागेका हुन् । खेल दिउसो साढे २ बजेबाट सुरु हुनेछ । साे प्रतियोगितामा १२ टोली सहभागीता जनाएका छन् ।
आयोजक सहारा क्लबसँगै नेपाल पुलिब क्लब, बिर्गेड ब्वाइज क्लब युके, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्बल, थ्रिस्टार क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, भारतको थन्डेरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्दा विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइगर र प्रशिक्षकले २५ हजार नगदसँगै ट्रफी पुरस्कार पाउनेछन् । फेयर प्लेको रुपमा एक टोलीलाई पुरस्कृत गरिनेछ ।