काठमाडौं । जाजरकोट, छेडागाड नगरपालिका-११ सिम्लेखोलास्थित सडकमा भे.१ क १०५५ नम्बरको टिपर मंगलबार बिहान दुर्घटना हुँदा टिपरमा सवार दाङ तुल्सीपुर उपमहानगरपालिका-३ बस्ने ४२ वर्षीय हरि प्रसाद भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका सहचालकको मध्यपहाडी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई थप उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।
धादिङ, धुनीवेशी नगरपालिका-३ छत्रपार्टीस्थित सडकमा काठमाडौंबाट धार्केतर्फ जाँदै गरेको बा.३ क ३०५२ नम्बरको गाडी अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गाडीमा सवार रोल्पा परिवर्तन गाउँपालिका-५ बस्ने ३४ वर्षीय जिवन खड्काको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार १ जनाको बीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।