काठमाडौं । काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४८ वर्षीय नरेश श्रेष्ठ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया, मधुवन नगरपालिका-८ हाट बजारमा गुलरिया नगरपालिका-९ मथुरागाउँ घर भएका ७५ वर्षीय राजाराम मंगता मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सिराहा, गोलबजार नगरपालिका-२ निपनियास्थित राजदेवी मन्दिर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।