आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
पासाङले मागे ‘कृषि र उत्पादन’को जिम्मेवारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । लामो समयदेखि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीमा जिम्मेवारी दिने चर्चा चले पनि नेकपा माओवादी केन्द्रले अझै यस विषयमा निर्णय गर्न सकेको छैन । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले पनि यसबारे कुनै निर्णय गरेन ।

पासाङ गत कात्तिक २६ गतेदेखि माओवादीको नियमित बैठकमा सहभागी हुँदै आएका छन् । उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्षको जिम्मेवारी दिने आश्वासन दिएको चर्चा छ । यसअघि, पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकमा उनको जिम्मेवारी सर्कुलरमार्फत तोकिने अध्यक्ष प्रचण्डले जवाफ दिएका थिए ।
आजको बैठकले केही पदाधिकारीको जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्दा पासाङको विषयमा भने कुनै निर्णय नभएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । उनलाई जिम्मेवारी दिने विषयमा छलफल बाँकी नै रहेको उपमहासचिव हरिबोल गजुरेलले बताए । ‘पासाङजीलाई दिइने जिम्मेवारीबारे बैठकले कुनै निर्णय गरेको छैन । छलफल बाँकी नै छ । उहाँ अहिले आमन्त्रित सदस्यका रूपमा बैठकमा आइरहनुभएको छ । सायद अर्को बैठकले निर्णय गर्ला । आन्तरिक र बाहिरी अवस्था मूल्यांकन गरेर पार्टीले निर्णय गर्छ,’ भने ।
बैठकमा पासाङले आफूलाई पार्टीमा ‘कृषि तथा उत्पादन विभाग’को जिम्मेवारी दिन प्रस्ताव गरेका थिए । उनको प्रस्तावबारे नेताहरू सकारात्मक रहेको जनाइएको छ ।
उपमहासचिव शक्ति बस्नेतले पासाङलाई उपाध्यक्ष वा अन्य जिम्मेवारी दिने विषयमा छलफल भएको तर निर्णय नभएको जनाए । यद्यपि पासाङलाई यस विषयमा सबै पदाधिकारी सकारात्मक नै रहेको बस्नेतले दाबी गरे ।
‘पासाङजीलाई उपाध्यक्ष बनाउन वा कुनै जिम्मेवारी दिने विषयमा सबै पदाधिकारी सकारात्मक छन् । यसबारे बैठकमा छलफल पनि भयो तर निर्णय भएको छैन । अर्को बैठकले निर्णय गर्ला,’ उनले भने ।

राज्यको सम्मानित पदमा पुगेको व्यक्ति फेरी पार्टीको सक्रिय राजनीतिमा आउने चर्चाले बाहिर राम्रो सन्देश नभएको भन्दै केन्द्रीय समिति बैठकमा नेताहरूले तीव्र आलोचना गरेका थिए । तीव्र आलोचना भएपछि अध्यक्ष प्रचण्डले पासाङलाई आफूले बोलाएको नभई उनी आफै आएको जिकिर गरेका थिए ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

३ मिनेट अगाडि
नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

नेपाल मजदुर किसान पार्टीकाे घोषणापत्र सार्वजनिक

११ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक