काठमाडौं । न्यायपरिषद्को सदस्यमा नेपाल बार एसोसिएसनको तर्फबाट सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ ।
‘सुनुवाइ समितिको बैठकले न्यायपरिषद्को सदस्यको कार्ययोजनामा समितिले आफ्ना अवधारणा सुनेर सदस्यहरूले जिज्ञासा राख्नुभयो । त्यसमा पनि प्रस्ट भइसकेपछि समितिले अनुमोदन गर्ने निर्णय गरेको हो,’ सभापति न्यौपानेको धारणा छ ।