काठमाडाैँ / स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर नगरपालिका– ४ का शिवमंगल साह र प्रवेज आलम रहेको सशस्त्र प्रहरी बल नम्बर ११ गणका उपरीक्षक विक्रम हुमागाईंले बताए ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियाबाट सशस्त्र प्रहरी बलले १६ लाख ४९ हजार २०० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरू पक्राउ परेको बताए ।
बरामद गरिएको नगद, मोटरसाइकलसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको उपरीक्षक बताए ।