झापा । झापामा नो केबलकार समूह र प्रहरीबिच झडप भएको छ । दमकमा भएको झडपपछि केही प्रदर्शनकारी पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरीका कार्यबाहक सूचना अधिकारी डिएसपी ध्रुव कुमार श्रेष्ठका अनुसार झापाबाट ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीका अनुसार दमकमा प्रदर्शनकारीहरुले एक यात्रुबाहक बसमा तोडफोड गरेपपछि जनालाई पक्राउ गरिएको हो । सो क्रममा प्रदर्शकारीले प्रहरीमाथि ढुंगामु्डा पनि प्रहार गरेका थिए । त्यसैगरी धरानबाट पनि ६ जनालाई नियन्त्रणमा लिएको छ ।
मुकुम्लुङ संरक्षण अन्तरदलीय संरक्षण समितिले पाथिभरा केबलकार निर्माणको बिरोधमा बिभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । समितिले आज र भोलि अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेको थियो । उक्त बन्दले पहाडी जिल्लामा ९० प्रतिशतसम्म प्रभाव परेको डिएसपी श्रेष्ठले जनाए ।