काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को बैठकको मिति सरेको छ ।
पार्टी स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकको मिति संशोधन गरिएको हो ।
महासचिव घनश्याम भुसालका अनुसार फागुन ६ गते, पोलिटब्युरो फागुन ७ र फागुन ९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ ।
यसअघि स्थायी कमिटीको बैठक माघ २८, पोलिट्ब्युरो माघ २९ र केन्द्रीय कमिटी बैठक माघ ३० देखि फागुन २ गतेसम्म बस्ने गरी आह्वान गरिएको थियो । तयारी अपुग भएका कारण बैठक सारिएको जनाइएको छ ।