अमेरिकाको डेमोक्रेटिक पार्टीको अध्यक्षमा मिन्नेसोटाका केन मार्टिन छानिएका छन्।
बहुमतको आधारमा उनी नयाँ अध्यक्षका रुपमा छानिएका हुन्।
राष्ट्रपति निर्वाचमा हारबाट पाठ सिक्दै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाबमा राख्न भन्दै अमेरिकाको
डेमोक्र्याटिक पार्टीले दलको नेतृत्वका लागि चुनाव गरेको हो।
ट्रम्प प्रशासनका विरुद्धमा आवाज उठाउनकै लागि भए पनि विपक्षी दल डेमोक्रेटिक पार्टीले नयाँ नेता छानेको बताइएको छ।
मार्टिन चुनावी दौडको सुरुदेखि नै अग्रपंक्तिमा थिए। उनले पहिलो मतपत्रमा बहुमत सदस्यहरूको मत पाएका थिए। दोस्रो स्थानका विस्कन्सिन डेमोक्र्याटिक पार्टीका अध्यक्ष बेन विकलर भन्दा १०० भन्दा बढी मत उनले पाए।