इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह हमासबीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुनेभएको छ।
शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
‘इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ। सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ,’ प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यो समाचार तयार पार्दासम्म रिहा हुने बन्धकको नाम सरकारले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
शनिबार सार्वजनिक हुने सबै इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ।
गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ। रासस/एएफपी