काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरङ्कुश शासनको झल्को दिएको टिप्पणी गरेका छन्।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले सरकारले बितेको ६ महिनामा केही गर्न नसकेको कारण विकासको ढोका खोल्यौँ भन्नको लागि अध्यादेश ल्याइएको जनाए। उनले दुई तिहाइको घमण्ड नगर्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गरे। उनले दुई तिहाइको सरकार ६ भन्दैमा सरकारले मनलाग्दी गर्न नपाउने जनाए।
उनले प्रधानमन्त्रीले बितेका ६ महिनामा आर्थिक सुधार भएको दाबी गरे पनि सूचकहरुले सकारात्मक नरहेको उल्लेख गरे। उनले सरकारले अहिलेसम्म ब्रेक थ्रुबाहेक केही गर्न नसकेको आरोप लगाए।
उनले मिटरब्याज पीडित समस्याहरु अहिलेसम्म समाधान नभएको बताए। उनले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने ऐनहरु नल्याइएको र संसदबाट पास भएका ऐनहरुसमेत कार्यान्वयन नभएको उनको धारणा छ।