काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको नाउमा प्वाल पारेर फुट्ट अर्कै सत्ता चलाउने प्रणाली अब बन्ध्याकरण भएको जनाएका छन्।
जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।
प्रतिपक्षीलाई लक्षित गर्दै ओलीले स्वार्थका लागि बारम्बार सरकार फेरिने र विश्वासको मत लिइरहनुपर्ने अवस्थाबाट अब सरकार मुक्त भएको जनाएका हुन्।
‘सत्ताको नाउमा प्वाल पारेर फुट्ट अर्कै सत्ता चलाउने र मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप प्रणालीमा अब बन्ध्याकरण भएको छ,’ उनले भने।
साथै उनले विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको जनाएका छन्।