मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय कमिटीले ‘नेपाल टेक्नो फेस्ट २०२५’ को आयोजना गर्ने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 mins read
0
राष्ट्रिय कमिटीले ‘नेपाल टेक्नो फेस्ट २०२५’ को आयोजना गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अनेरास्ववियु प्राविधिक विद्यार्थी संघ नेपाल (टीएसएएन) राष्ट्रिय कमिटीले ‘नेपाल टेक्नो फेस्ट २०२५’ को आयोजना गर्ने भएको छ । माघ ३० र फागुन १ गते गरी दुई दिनसम्म चल्ने फेस्टमा इन्जिनियरिङ, एग्रिकल्चर र फरेस्ट्री पढ्ने विद्यार्थीहरूसँग सम्बन्धित विविध कार्यक्रमहरू हुनेछन् ।

संघका अध्यक्ष इन्जिनियर विशाल आचार्यले मेलामा त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ, कृषि र वन विज्ञान सम्बन्धीका विभिन्न कलेजका विद्यार्थीहरूको सहभागिता रहने जनाए ।
मेलामा विभिन्न विषयमा प्यानल डिसकसन हुनका साथै विभिन्न प्रोजेक्टमा प्रतियोगिता समेत हुनेछ । हरेक विधाको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने अध्यक्ष आचार्यले जनाए ।

मेलामा काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयका विद्यार्थीहरूको समेत सहभागिता रहने उनको भनाइ छ ।

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)का डीनलगायतलाई समेत प्यानलिष्टका रूपमा आमन्त्रण गरिएको छ ।

प्राविधिक क्षेत्रका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै नयाँ ज्ञान क्षमताको विकास गर्नका लागि मेलाको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए ।

२०५३ सालमा स्थापना भएको यो संस्थामा हाल टेक्निकल क्षेत्रका दुई हजार ५०० भन्दा बढी विद्यार्थी आबद्ध छन् । नयाँ  प्रविधि, नवप्रवर्तन तथा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ खोलिएको यो संस्थाले पहिलो पटक यस्तो खालको फेस्ट गर्न लागेको हो ।

मेलामा एआई र रोबोटिक प्रदर्शन, प्यानल डिसकसन, प्रविधि प्रदर्शन तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरिएको छ । प्राविधिक विद्यार्थीका प्रविधिहरूलाई बजार तथा उद्योगधन्दासम्म पुर्याउन मदत मिल्ने आयोजकको अपेक्षा रहेको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

५ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक