काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले अहिलेसम्मको स्थिति हेर्दा सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महसुस गरेको बताए।
उनले निरन्तर रुपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको जनाए।
सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत व्यापारको लागि बंलादेशसँग सम्झौता हुने थिएन? भन्दै प्रश्न गरे। अध्यक्ष लिङ्देनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धि सुन्दा मुलुकमा सरकार छैन भने अभास भएको बताए।
सरकारले नियमित कुरालाई पनि उपलब्धि भनेर देखाएको उनको भनाइ थियो। उनले सरकारले सुशासनको क्षेत्रमा कुनै पनि काम गर्न नसकेको उल्लेख गरे।
उनले निरास जनतालाई आशा जगाउनसमेत सरकारले नसकेको बताए। मुलुकमा विदेशी मुद्रा सञ्चिति बढेको वर्तमान सरकारको कारणले नभई नेपाली जनता बेचेर आएको दाबी गरे। उनले सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गरे।
उनले सरकारको साढे ६ महिनाको समय निरासाजनक रहेको बताए। उनले कांग्रेस–एमालेजस्तो पार्टी मिलेर बनेको सरकारले डेलिभरी दिनसक्नुपर्ने जनाए।