काठमाडौं । चिनियाँ इ–कमर्स जायन्ट अलिबाबाले बुधबार नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडेल जारी गरेको छ र यसले डीपसिकलाई पछि पार्ने दाबी गरेको छ।
चिनियाँ एआई स्टार्टअप डीपसिकले सोमबार अमेरिकी र युरोपेली बजारलाई चकित पारेपछि कम्पनीले आफ्नो एआई बढी किफायती र प्रमुख अमेरिकी मोडलहरू भन्दा राम्रो प्रदर्शन गरेको दाबी गरेलगत्तै अलिबाबाको यो घोषणा आएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
अलिबाबाले ओपन सोर्स ‘क्वेन २.५–म्याक्स’ आफ्नो नयाँ एआई मोडल डीपसिक भन्दा पनि बढी प्रभावशाली रहेको दावी गरेको छ र यसले आफ्ना घरेलु र विदेशी प्रतिद्वन्द्वीहरूलाई दबाब दिने उल्लेख गरिएको छ।
ई–कमर्स जायन्टलले ‘क्वेन २.५–म्याक्स’ले ओपनएआईको जीपीटी–४ र मेटाको (एमईटीए) एललामा–३.१–४०५बी लाई पनि पछाडि पार्न सक्षम भएको बताएको छ।
अलिबाबाको शेयरको मूल्य १.२ प्रतिशत माथि थियो भने यसको शेयर छ महिनामा २५ प्रतिशत बढेको छ।
टेक टाइटनहरू बीचको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा एआई प्रभुत्वको खोज कसरी बढ्दै जानेछ भन्ने कुरा लगानीकर्ताहरूले हेर्ने उल्लेख छ।
डीपसिक आएसँगै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सफलता अमेरिकी टेक्नोलोजी कम्पनीहरूको लागि “एक वेकअप कल” रुपमा भएको बताएका छन्।