शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।

गत मंसिरको अन्तिम साताबाट सुरु भएको चलचित्रको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।

‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, “हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाधा-अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ ।”

यसबीच, पूर्वघोषित मितिमा चलचित्र प्रदर्शन नहुने भन्ने हल्लाको खण्डन गर्दै उनले भने, “गलत हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं । काम तीव्र गतिमा अगाडि बढिरहेको छ, हामी पूर्व निर्धारित मिति चैत्र २९ गते नै चलचित्र रिलिज गर्नेछौं ।”

‘कर्मा’मा अभिनेता विपिन कार्की, अभिनेत्री उपासना सिंह ठकुरी, कलाकार मुकुन भुसाल र दिव्यदेव पन्त मुख्य भूमिकामा रहेका छन् । विपिन र उपासना पहिलो पटक सहकार्य गर्दैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन् ।

चलचित्रको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन भने सिनेमामा मुख्य कलाकार बाहेक अन्य कलाकारहरूको को-को छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन । निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् । चौधरीका अनुसार अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिन लागेका छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने चलचित्र ‘कर्मा’लाई बसन्त लम्सालले निर्माण गरिरहेका छन् । यो सिनेमाको छायांकन सुरु हुनु अगावै ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सेभेन सिज सिनेमाले चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ ।

सिनेमाको छायांकन संजय लामाले गरिरहेका छन् । निर्देशक चौधरीको ‘कर्मा’ तेस्रो निर्देशकीय फिचर सिनेमा हो । उनले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । त्यसैले ‘कर्मा’बाट पनि ठूलो अपेक्षा गरिएको छ ।

चलचित्र ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने तयारीमा छ ।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक