आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आहा रारा पोखरा र विभागीय नेपाल पुसिलबिच हुने

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 mins read
0
आहा रारा पोखरा र विभागीय नेपाल पुसिलबिच हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

लेखनाथ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र विभागीय नेपाल पुसिलबिच हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले यही माघ २२ देखि सञ्चालन गर्ने २४ औं संस्करणको प्रतियोगिताको टाइसिट बिहीबार सार्वजनिक गरिएको हो । प्रतियोगितामा भारत, बेलायत, उज्जेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लब गरी १२ टिमले भाग लिँदैछन् । फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगिताको समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब र बेलायतको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये युके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्नेछन् ।

प्रतियोगिताको समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रिस्टार र उज्जेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थ्रिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्नेछन् ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका छ । प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने अनुमान गरिएको छ । प्रतियोगितामा विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार नगद पाउने छन् ।

गत संस्करणको प्रतियोगितामा त्रिभुवन आर्मी विजेता र थ्रि स्टार उपविजेता बनेका थिए । २०५५ सालमा स्थापित सहारा क्लब पोखराले प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने गरेको छ । क्लब अध्यक्ष केशवराज बरालले एकेडेमीमा ३० बालक आश्रित रहेको उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

५ मिनेट अगाडि
जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक