गोरखा । आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–५ भलछोपेका १८ वर्षीय रामबहादुर राना रहेको प्रहरीले जनाएको छ ।
ना ६ त ९६३० नम्बरको ट्याक्टर चढेर आर्खेतबाट माछीखोला जाने क्रममा ट्याक्टरबाट खस्न गई पछाडिको पाङ्ग्राले कुल्चिएर उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जनाए ।
‘शुक्रबार बिहान करिब २ बजेको समयमा आरुघाट माछीखोला सडकखण्डको खुर्सानी भन्ने स्थानमा उनी मृत फेला परेका थिए,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानले ट्याक्टरबाट खसेर ज्यान गएको खुल्न आयो ।’ ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।
उनका अनुसार शव पोष्टमार्टमका लागि आरुघाट आधारभूत अस्पतालमा राखिएको छ ।