भोजपुर । साल्पासिलिछो गाउँपालिका-५ जौबारी बस्ने ३६ वर्षीय सुरेश कुमार राईको घरमा बिहीबार दिउँसो आगलागी हुँदा घर, घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर करिब ५ लाख रूपयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।