बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसद्को बैठक सुरु

पहिलो दिन नै अध्यादेशहरु टेबल गरिने, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  /  संघीय संसद् सचिवालयले बिहीबारदेखि सुरु हुने हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार पारेको छ । बिहीबारदेखि माघ ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेन्डर तयार पारिएको हो ।
क्यालेन्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि गरेका थिए । संसद्को पहिलो दिन सुरुमा प्रधानमन्त्री लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ । सोही दिन सरकारले ल्याएका विभिन्न अध्यादेश संसद्मा पेस हुनेछन् ।
त्यसपछि अर्को बैठक २२ गते बस्नेछ । सो दिनको बैठकमा पहिलो दिन पेश भएका अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । माघ २३ र २४ गते पनि संसद् बैठक तय भएको छ । २५, २६ र २७ गते भने विभिन्न समितिको बैठक राखिएको छ । त्यसपछि माघ २८, २९ र ३० संसद् बैठक बस्नेछ ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो । बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधि सभामा पेस हुने छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले एक हप्तामा तीन दिन समिति र तीन दिन संसद सञ्चालन गर्नेगरी कार्यतालिका बनाइएको भन्दै सरकार सदनप्रति उत्तरदायी नभएको महशुस गरेको जनाएको छ ।

संसदीय प्रणालीमा वर्षे अधिवेशनलाई ‘बजेट अधिवेशन’ अर्थात् बजेट दिने र त्यसमा आवश्यक छलफल गर्ने र हिउँदे अधिवेशनलाई ‘विधेयक अधिवेशन’ अर्थात् कानुन बनाउने अधिवेशनका रूपमा लिइन्छ । वर्षे अधिवेशनको धेरै समय बजेटसँग सम्बन्धित विषयमा खर्च हुने भएकाले कानुन बनाउने विषयमा हिउँदे अधिवेशनको समय उपयुक्त हुने मानिएकाले यसो भनिएको हो । राजनीतिक खिचातानीका सिकार भएर गुज्रिएका अघिल्ला संसद् अधिवेशनहरूले प्रभावकारी काम गर्न नसकेको र अत्यावश्यक कानुनहरू पनि निर्माण हुन नसकेको भन्दै चिन्ता प्रकट हुने गरेको छ ।

एमालेले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । एमाले संसदीय दलको बैठकले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियतापूर्वक भाग लिन निर्देशन दिएको हो । नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार संसद्बाट पारित गरिने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जनाएका छन् । संसद्लाई छलेर नभई संसद् सञ्चालनमा नरहेका वेला अध्यादेश ल्याइएको उल्लेख गर्दै बर्तौलाले यसमा सबैको समर्थन रहेको धारणा राखे । ‘संसद्को बैठक आह्वान गरेका वेला अध्यादेश ल्याएको होइन, संसद् अधिवेशन सञ्चालन नभएका वेला ल्याइएको हो’, उनले भने, ‘संविधानमा संसद् सञ्चालनमा नरहेका वेला अध्यादेश ल्याउने कुरा स्वभाविक रूपमा उल्लेख गरिएको छ । सोहीअनुसार अध्यादेश ल्याइएको हो ।’

यता, संसद् बैठकअघि विपक्षी दलहरु पनि एकत्रित हुन थालेका छन् । समाजवादी मोर्चाद्वारा गत मंगलबार आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष अधिवेशन बोलाउने चेतावनी दिएपछि मात्रै सरकारले संसद् आह्वान गरेको दाबी गरे । उनले संसद्को हिउँदे अधिवेशनअघि विपक्षी दलहरूले साझा धारणा तय गर्ने बताए । हिउँदे अधिवेशनअघि विपक्षी दलहरूको बैठक बसेर सामूहिक ढंगबाट अघि बढ्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नेपालका लागि हानिकारक हुने बताए । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुअघि बहसको आवश्यकता औँल्याए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भयो भने के होला हालत ? अमेरिकामा अहिले भागाभाग छ । बोल्यो कि पोल्यो हुन्छ ।’

देशमा प्रत्यक्ष निर्वाचित प्रणालीमा जान धेरै बहस गर्नु पर्छ ।” कम्युनिस्ट पार्टी एक हुन पहिला विचार मिल्नुपर्ने धारणा राख्दै विचार नमिली र साझा सहमतिमा नपुगी भएको एकता काँचो हुने बताउनुभयो । एउटै पार्टी बनाउन नसके पनि समाजवादी मोर्चा बनाएर जाँदा पनि सफल हुन सकिने उहाँको दाबी छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले समाजवादी मोर्चा ब्युँझेर आएको र अब सक्रिय रूपमा अगाडि बढ्ने बताउनुभयो ।

 

 

 

 

यो पनि पढ्नुहोस्

हैजाका बिरामीलाई निःशुल्क उपचार गर्न निर्देशन

मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग

२५ मिनेट अगाडि
नेकपामा डा. भीम रावल समाहित

नेकपामा डा. भीम रावल समाहित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक