बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

पार्टी र नेताहरुका आलोचनाका सम्बन्धमा

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
सांस्कृतिक प्रतिरोध दिवसमा मेरो अपिल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– नारायण शर्मा

यतिबेला नेपालमा राजनीतिक पार्टी र नेताहरुको आलोचना गर्ने प्रवृत्ती सर्वाधिक बढेको छ । यस्तो प्रवृत्ति आपसका विरोधी शक्ति र व्यक्तिहरुमा मात्र होइन, मित्र शक्ति र व्यक्तिहरुमा समेत अत्यधिक नै रहेको छ । सामान्यतः राज्य अस्थिर, पार्टी अलमल, नेता अनैतिक र कार्यकर्ता अवसरवादी हुने गरेमा यसप्रकारको आलोचना गर्ने प्रवृत्ति जहाँपनि बढ्ने गरेको पाइन्छ र अहिले नेपालमा पनि पाइएको छ । यो अवस्थामा पार्टी र आन्दोलन नै विभाजन, विघटन र विसर्जनमा पुग्ने खतरा पनि त्यत्तिकै रहन्छ ।

सामान्यतया सबैप्रकारका आन्दोलनहरु र विशेषतस् राजनीतिक आन्दोलन अझ त्यसमा पनि मुख्यतः क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अर्थात् माओवादी आन्दोलन करिब यही  खतरनाक अवस्थामा पुगेको वा पुग्न लागेको अहिलेको हाम्रो अवस्था हो । र, यो अवस्था निकै नै संवेदनशील र गम्भीर अवस्था पनि हो । आज नेपाली वामपन्थी क्रान्तिकारी आन्दोलन  पनि यही अवस्थाबाट गुज्रँदै गएकोले पार्टी र नेताहरुप्रतिको आलोचाको यो प्रवृत्ति अराजक आलोचना हुँदै अन्धाधुन्द विरोध र आग्रही आक्रमणको रुपमा विकसित हुँदैछ ।

नेपालको वर्तमान सन्दर्भमा भन्ने हो भने यस प्रकारको प्रवृत्ति आज सबैभन्दा बढी कम्युनिष्ट पार्टीमा, त्यो पनि १० बर्षे जनयुद्धबाट आएको माओवादी पार्टीमा  र अझ मुख्यतः पार्टी नेताहरुमा नै सर्वाधिक देखापरेको छ । यो प्रवृत्ति यसरी देखापर्नुमा मुख्यतः पार्टीका मुख्य नेता  वा नेताहरुद्वारा  पार्टी र आन्दोलनका घोषित विचार(आचार, आस्था(आदर्श, लक्ष(उद्देश्य, नीति(विधि, मूल्य(मान्यता र प्रतिबद्धता(कटिबद्धताको अवलम्बन र कार्यान्वयनमा भए(गरिएका बेइमानी(बदमासी नै प्रधान कारण रहेको छ । यसै कारणले गर्दा नै आज एकातिर यसरी देस, जनता, पार्टी र आन्दोलनले धोका,  विश्वासघात र पराजय भोग्नुपरेको विडम्बना  छ भने अर्कातिर यो भोगाइको व्यापकताका कारण पार्टी, नेता र आन्दोलनप्रति नै समाजमा उत्पन्न व्यापक आशंका, अविश्वास, इर्ष्या र आक्रमणले गर्दा पनि  पार्टी र आन्दोलन  यसरी विभाजन, विघटन र विसर्जन हुन थालेको अवस्था आएको  हो ।

त्यसैले कम्युनिष्ट पार्टी समर्थक जनता, कार्यकर्ता  र नेताहरुमा नै आइरहेको यसप्रकारको निराशा, अकर्मण्यता, पलायन, अविश्वास, आशंका र कींकर्तब्यविमुढताको आजको हाम्रो स्थितिमा अभिव्यक्त विभिन्न प्रकारका आलोचनाहरुको जानकारी र पहिचान गर्नु र ती आलोचना हुनु(गरिनुका पछाडिका कारणरआधार  र पृष्ठभूमिको बारेमा स्पष्ट हुनसक्नुपर्छ ।  कारण नभई कार्य हुँदैन, तसर्थ कारणकै अन्त भए कार्य स्वतः अन्त हुन्छ भन्ने मान्यताअनुसार पार्टी र आन्दोलनको  यसप्रकारको अस्तव्यस्त र ध्वस्तको स्थितिलाई अन्त गर्न अर्थात् यो स्थितिलाई बदलेर क्रान्तिकारी, सर्वहारावादी शुद्धीकरण र पुनर्गठन गर्न सकिन्छ कि भन्ने आशाका साथ प्रस्तुत लेख लेख्ने जमर्को गरिएको हो ।

एउटा सच्चा कम्युनिष्ट पार्टीभित्र  आफू सम्बन्धित रहेको माथिल्लो कमिटीमा कमिटीका सदस्यहरु र ती भन्दा माथिका सम्पूर्ण नेताहरुका कमी(कमजोरी र बेइमानी(बदमासीलाई घटाउने र हटाउने उद्देश्यले आलोचना गर्ने अनिवार्य नियम वा पद्धति नै हुन्छ । यसैगरी आफ्नो उपल्लो कमिटीमा नै आफूले वा आफूबाट जान वा अनजानरुपमा गरे(भएका कमी(कमजोरी आदिलाई पहिचान र स्वीकार गरी सच्चाउने विधि(पद्धति हुन्छ, त्यो नै आत्मालोचना हो । छोटकरीमा भन्नुपर्दा  एकले अर्कालाई सच्चाएर रुपान्तरण गर्ने उद्देश्यले तथ्यमा आधारित भएर इमान्दारीपूर्वक अर्काका बारेमा गरिने टिप्पणी आलोचना हो भने आफूले आफैप्रति सच्चा, निर्मम र खुला भएर आफैलाई सच्चाउने र रुपान्तरण गर्ने उद्देस्यले गरिने टिप्पणी आत्मालोचना हो । यसो हुनु वा गरिनुको अर्थ  वा उद्देश्य  हो आलोचना वा आत्मालोचनाले कम्युनिष्ट पार्टी, नेता, कार्यकर्ता र आन्दोलनलाई शुद्धीकृत, एकीकृत, सुदृढ र सबल पार्ने ।

त्यसैले आलोचना तथ्यमा आधारित, पूर्वाग्रह र प्रतिशोधरहित, ईमान्दारीपूर्ण, रचनात्मक, वस्तुनिष्ठ, विधिसम्मत, सम्बन्धित व्यक्तिको अगाडि वा सम्बन्धित स्थानमा विचार र राजनितीलाई केन्द्रमा राखेर अर्थपुर्ण सुधारको उद्देश्यले गरिनुपर्छ भन्ने मालेमावादी मान्यता रहिआएको छ । यस्तो गरे वा भएमा निश्चय नै कसैले जान वा अनजानमा गरे(भएका गल्तीकमजोरीलाई सच्चाउन राम्रो मद्दत पुग्छ । तर त्यसरी हरेक बैठकपिच्छे आलोचना र आत्मालोचना नभए वा नगरिएमा त्यो आलोचनाले निकास पाउँदैन अनि आलोचना नभएपछि गल्ती गर्नेहरुमा सच्चिने प्रकृया नै प्रारम्भ हुँदैन बरु गल्तीको मात्रा र गुण दुवैमा गुणात्मक रुपले वृद्धि हुँदै जान्छ । फलस्वरूप आलोचनाले विष्फोटक र अराजक रुप लिन्छ जसले पार्टी र आन्दोलनलाई नै ध्वस्त पार्ने खतरा उत्पन्न गर्दछ । तसर्थ आलोचना र आत्मालोचनाको  प्रयोगमा नियमितता हुनुपर्छ र यस्को प्रयोग गर्दा सचेतता, विवेक र नियम पनि पुराउनु पर्दछ ।

त्यसैले भनिएको हो आलोचना र आत्मालोचना एक यस्तो हतियार हो जसलाई ठिक समयमा, ठिक तरिकाले, ठिक ठाउँमा र ठिक बिषयमा, ठिक व्यक्ति  वा प्रवृत्ति लक्षित गरेरचलाएमा सम्बन्धित पक्षका कमी-कमजोरी वा खराबी(बदमासीहरुलाई ध्वस्त गरेर  नेता,  पार्टी  र आन्दोलनलाई बचाउन, बढाउन, विजयी बनाउन र विस्तार गर्न सकिन्छ अन्यथा यसको विपरीत हुन गए पार्टी र आन्दोलन नै ध्वस्त हुने खतरा समेत त्यत्तिकै बढी हुन्छ । तसर्थ आज पार्टी र समाजमा व्याप्त नेता, पार्टी र आन्दोलनका बारेमा भए(गरेका विभिन्न आलोचनाहरुको विश्लेषण गर्न, तिनका पछाडिका कारणहरु पत्ता लगाउन र तिनको समाधान गर्न खासगरी क्रान्तिकारी पृष्ठभूमि र उद्देश्य भएका पार्टी र नेताहरुले विशेष जिम्मेवारी बोध गरेर उच्च सतर्कता र आवश्यक गम्भीरताका साथ  कार्यान्वयन गर्न(गराउन अत्यावश्यक देखिएको छ । सम्बन्धित पार्टी(नेताहरुमा चेतना भया ! ?

यो पनि पढ्नुहोस्

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

२२ मिनेट अगाडि
बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच  झडप

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच झडप

२६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक