एजेन्सी । अमेरिकामा दुर्घटनामा परेको प्लेन र हेलिकप्टरबाट १८ जनाको शव निकालिएको छ।
नेपाली समयअनुसार बिहीबार बिहान यात्रु बोकेको प्लेन र सैनिक हेलिकप्टर एकआपसमा ठोक्किएर नदीमा खसेपछि जारी उद्दार कार्यमा १८ जनाको शव प्राप्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।
४ क्रु मेम्बरसहित ६४ जना यात्रु बोकेको विमान अवतरण क्रममा रहेको हेलिकप्टरसँग ठोकिन पुगेको थियो। आकाशमै ठोकिएपछि वासिङ्टन डिसीस्थित पोटोमैक नदीमा दुवै झरेको थियो।
सीबीएस न्युजका अनुसार अहिलेसम्म १८ जनाको शव भेटिएको छ। चिसो नदीमा अन्य व्यक्तिहरूपनि जिवित भेटिने सम्भावना कमजोर रहेको जनाइएको छ।
सैनिक हेलिकप्टरमा भने ३ जना सवार रहेको जनाइएको छ। अहिले पनि उद्दार कार्य जारी रहेको छ।