काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएकाे छ ।
आज बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बोलाइएको हाे ।
बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति, एजेण्डा र प्राथमिकताबारे छलफल हुने रास्वपाका नेताहरुले बताएका छन् ।
संसदको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदै छ ।