बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

माओवादीको प्रश्न : पहिचानवादीसँगको वार्ता कहाँ पुग्यो, भ्रष्टाचारीको फाइल कता हराए ?

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
माओवादीको प्रश्न : पहिचानवादीसँगको वार्ता कहाँ पुग्यो, भ्रष्टाचारीको फाइल कता हराए ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अर्जुन आचार्य

sharethis sharing button

विराटनगर । कोशी प्रदेशसभामा माओवादी केन्द्रले वर्तमान सरकार र सत्ता गठबन्धन दलहरूप्रति प्रश्नै प्रश्न गरेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर सांसद राजन किरातीले पहिचानवादीसँगको वार्ता, सरकार सञ्चालनका तौर तरिका र सुशासनको विषयलाई लिएर सरकारप्रति व्यंग्य गरेका छन् ।

उनले पहिचानवादीसँगको वार्ता कहाँ पुग्यो भन्ने प्रश्न गर्दै ताप्लेजुङमा भएको घटनाको विरोध गरे । ‘सरकारले ती पक्षहरू (पहिचानवादी)सँग गरेको वार्ताको उपलब्धि के रह्यो, कहाँसम्म पुग्यो, यो समाधान भइराखेको छ वा छैन ?,’ किरातीले प्रश्न गरे, ‘आन्दोलन निरन्तर भइराखेको देखिएको छ । आन्दोलन अझै सशक्त बनाउँदै लैजाने कुरा सुनिराखेका छौँ । यसबारे सरकारले के गरिरहेको छ ? म सरकारसँग जवाफ माग गर्न चाहन्छु ।’

सरकारले संघदेखि प्रदेशसम्म के गरिरहेको छ भनेर जनसमुदायले सोधिरहेको पनि उनले बताए । ‘दुई तिहाईको सरकार आइसकेपछि त्यो भ्रष्टाचारका फाइलहरू कता हरायो ? सुशासन र भ्रष्टाचारविरोधी अभियान कहाँ पुग्यो ? नेपाली जनताले सोध्न थालेको छ । त्यसैले यो सार्वभौम संसदलाई सरकारले जवाफ दिनुपर्छ कि यो सरकारले के गरिरहेको छ,’ किरातीले भने ।

उनले गत असोज १२ गते बागमती र कोशी प्रदेशमा बाढी पहिरोले ठूलो क्षति गरेको र जनधनको क्षति भए पनि चार महिनासम्म पीडितलाई राहत नदिएको भन्दै आक्रोश व्यक्त गरे । ‘जनताले सोधिरहेको छ हाम्रो प्रदेशमा सरकार छ कि छैन ? जनतालाई विपद् परेको बेला जनतालाई राहत दिनुपर्छ कि पर्दैन ? सरकारसँग जवाफ माग्न चाहन्छु,’  उनले थपे । उनले पूर्वमन्त्री लीलाबल्लभ अधिकारीको जापान भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरे । ‘बहुचर्चित जापान काण्ड के हो ? जनताले जान्न पाउने कि नपाउने ? यो सार्वभौम संदनले थाहा पाउनुपर्ने कि नपर्ने ?’ उनले प्रश्न गरे, ‘हामीले सुनेका थियौं तत्कालीन मन्त्रीले मलाई केही जानकारी छैन, केही थाहा छैन । यदि त्यसो हो भने यो सदन स्पष्ट हुनुपर्छ, नेपाली जनता स्पष्ट हुनुपर्छ त्यो बिचौलिया को हो ? मन्त्रीलाई फसाउने त्यो बिचौलिया को हो ? त्यो बिचौलीयालाई कानुनको कठघरामा ल्याउन पर्छ कि पर्दैन ?’

उनले पाथीभरा क्षेत्रमा भएको घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराए । ‘त्यहाँको जनता धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको संरक्षणको पक्षमा छ । उनीहरूमाथि सरकारले गोलीको उपहार अर्थात् राज्य आतंक गरिरहेको छ । यसबारे हाम्रो सरकारको धारणा के हो ?’ उनले भने, ‘यो वार्ता संवादबाट समाधान गर्नुपर्छ । तर, जनतामाथि आत्मरक्षाको नाममा जनताको छातीमा गोली ठोक्न पाइँदैन । आत्मरक्षाको लागि गोली चलाएको भनेर सम्बन्धित निकायले स्पष्टीकरण दिइरहेको छ । यो नेपाली जनतालाई चित्त बुझेको छैन, प्रदेशवासीलाई चित्त बुझेको छैन,’ उनले एउटा व्यापारीको लागि जनतालाई गोली ठोक्ने सरकार कस्तो सरकार हो भन्ने प्रश्न पनि गरे ।

नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विशेष समय लिएर सांसद शोभा चेम्जोङले पनि माघ १२ गते ताप्लेजुङ पाथिभरा क्षेत्रमा भएको अप्रिय भएको घटना र त्यसअघि पनि सो क्षेत्रमा भएको विभिन्न घटनाले सिंगो देशको ध्यान आकृष्ट भएको बताइन् । ‘पाथिभरा क्षेत्रसँग जोडेर सिंगो ताप्लेजुङको पर्यटनको विकास गर्ने हो भने त्यस क्षेत्रमा केबलकार निर्माणलाई अस्वीकार गर्न सकिन्न । माता पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरूको संख्या विस्तार भई धार्मिक पर्यटन क्षेत्रको रूपमा ताप्लेजुङलाई विकास गर्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्रको विकास पर्यटकको सहज आवतजावतका लागि केबलकारलगायत भौतिक पूर्वाधारको विकास गर्न जरुरी छ,’ उनले थपिन्, ‘तर, हामीले गम्भीर हुनुपर्ने कहाँ छ भने पाथीभराको केबलकार निर्माण गर्नुभन्दा पहिले पाथीभरा क्षेत्रको धार्मिक तथा सांस्कृतिक धरोहर संरक्षण र सम्बद्र्धनको लागि केबलकार सञ्चालन गर्न के कस्ता योजना ल्याइएको छ ? पाथीभरा विकासका लागि केबलकारले आर्जन गर्ने मुनाफा कति कुन विषय वा शीर्षकमा खर्च गरिन्छ ? ।’
स्थानीयको भावना, चाहना, परामर्श, सहभागिता र सहमतिलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिइन् ।

  • शून्य समयमा कसले के भने ? 

गोम्बु शेर्पा, सोलुखुम्बु 
हाम्रो प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यक्रमहरू र विभिन्न अन्य आयोजना र कार्यक्रमहरूको सम्बद्ध मन्त्रालयबाट मन्त्री र सचिवस्तरबाट प्रभावकारी अनुगमन र निगरानी हुन नसक्दा ती आयोजनाहरू प्रभावकारी र परिणममुखी नहुने सम्भावना बढ्दाे छ ।

संघीय व्यवस्था लागु गर्नुको मूल उद्देश्य पनि विकास आयोजनाहरू, बजेटहरू र राज्यबाट प्रदान गरिने सेवाहरू जनतााको प्रत्यक्ष पहुँचमा पुग्न सकोस् र त्यसको नजिकबाट अनुगमन र निगरानी गरेर परिणाममुखी विकासको कामहरू गर्न सकियोस् भन्ने उद्देश्य नै हो ।

मन्त्रीहरू र मन्त्रालयस्तरबाट किन प्रभावकारी अनुगमन हुन सकिरहेको छैन ? वास्तवमा मुख्यमन्त्रीज्यू, मन्त्रीज्यूहरू, सचिवज्यूहरू हाम्रो प्रदेशको हकमा उहाँहरू अतिथि मात्र हुनुहुन्न । जहाँ अतिथि निमन्त्रणा गरेको छ त्यहाँमात्र जाने भन्दापनि मन्त्रालयस्तरबाट कार्यसेड्युल बनाएर त्यस्ता कार्यक्रमहरूको अनुगमनको लागि सेड्युल बन्नुपर्छ ।

त्यस्तो सेड्युलहरू अहिलेसम्म हामीले जानकारी पाएअनुसार त्यति राम्रोसँग बनेको पाइदैन । किन नबनेको हो म प्रदेश सरकारसँग यसको जवाफ माग गर्न चाहन्छु । कागजमा मात्र अनुगमन गरेर हुन्छ ? फिल्डमा अनुगमन गर्न पर्दैन ? फिल्डमा अनुगमन नभइसकेपछि विनियोजित बजेट अनुसारका कार्यक्रमहरू फिल्डमा कसरी कार्यान्वयन हुन्छ ? कसरी सुशासनको प्रत्याभूति गराउन सकिन्छ ? सम्बद्ध कार्यालयहरूबाट भ्रष्टाचार अनियमितता बढ्दो छ । त्यसकारण तुरुन्त मुख्यमन्त्रीस्तरबाट मन्त्री र सचिवस्तरबाट विनियोजित बजेट कार्यक्रमको प्रभावकारी अनुगमन गरेर परिणाममुखी विकास कार्यक्रम बढाउन सभामुखमार्फत प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

‘पथरी र कानेपोखरीका सुकुमबासीलाई जग्गा दिइयोस्’ : मानबहादुर लिम्बू, मोरङ
मोरङको क्षेत्र नम्बर ३ पथरी, कानेपोखरीमा बसोबास गर्ने नागरिकहरू तीन पुस्तादेखि जमिन छैन भनौं भने जोतभोग गर्दै आउनुभएको तीन पुस्ता भइसक्यो र तीन पुस्तादेखि नै जमिन हुँदाहुँदै पनि सुकुमबासी जीवनयापन गर्नुपरेको छ । सुकमबासीबाट पीडित भएर तीन पुस्ता बितिसकेको छ । त्यसैले यी नागरिकहरूलाई हामीले चुनावी अभियानमा, चुनावी समयमा हामीले घोषणा पत्रहरूमार्फत प्रतिबद्धता व्यक्त गरेका थियौं, सकुमबासीको समस्या समाधान गर्छौं भनेर हामीले बचनबद्धता गरेका थियौं । हालसम्म पनि सिन्को नभाँचिएको हुँदा अब धेरै त्यो समस्लाई व्यवस्थासँग जोड्दै प्रश्न उठाउन थालेका छन्, स्थानीय जनसमुदायबाट प्रश्न उठ्न थालेको छ । त्यसैले अब ती जोतभोग गरिरहेका हाम्रा मतदाताहरू, हाम्रा दाजुभाइहरूलाई जमिनको पूर्जा हातहातमा दिएर जमिनको मालिक बनाउनेतर्फ प्रदेश सरकारको ध्यान जावस् भन्ने अन्नुरोध छ ।

प्रदेश राजधानीसँग सोलुखुम्बुको हवाई सम्बन्ध जोडाैँ : डोल्मा तामाङ, सोलुखुम्बु
कोशी प्रदेशले कोशी पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा विश्वकै अग्लो शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बु जहाँ संसारभरका संसारभरका पर्यटकहरू आउनुहुन्छ । तर, त्यही जिल्लाका नागरिकहरूले हाम्रो प्रदेशको राजधानी विराटनगर हो भन्नेसम्म अनुभूति गर्न पाइरहनुभएको छैन । यस्ता कार्यक्रमहरूले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ । सोलुखुम्बु जिल्लामा पर्यटकीय स्थलहरू धेरै छन् । सगरमाथा, दुधकुण्ड, गोक्यो ताल, ज्वालामाई मन्दिर ,पिके ट्रेल आदि । सोलुखुम्बुलाई पर्यटकीय क्षेत्र भनेर संसारभरमा चिनाएको छ । सोलुखुम्बुबाट विराटनगर आउँदाखेरी आम सोलुबासीले धेरै दुःख र खर्च गरेर यहाँ आउनुपर्ने हुन्छ । विराटनगर र सोलुखुम्बुलाई प्रत्यक्ष जोड्न हवाई सेवा सञ्चालन गर्न कठिनाइ भइरहेको छ ? निजी क्षेत्र सधैं हामी तयार छौँ भन्नुहुन्छ, के कारणले यो हवाई सेवा सुचारु हुन सकेको छैन ? प्रदेश सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।

संघीयता लागु भएर तीन तहको सरकारमा मुलुक गएको सात वर्ष पूरा भइसकेको छ । तर प्रदेशको स्वायत्तता छैन, स्पष्ट कानुनको अभाव छ त्यसै कारणले धेरै कठिनाइ र बाधाहरू भोगिरहनुपरेको छ । यसैगरी जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी कानुन र कार्यविधिहरू बनेको छैन । काम गर्न धेरै कठिनाइ छ । मेरो जिल्लामा सगरमाथा राष्ट्रिय निकुञ्जको रोयल्टी धेरै नै जम्मा भएको छ । तर स्पष्ट कानुन नहुँदा खर्च गर्न गाह्रो भएको छ । त्यसैले प्रस्ट कानुन बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।

द्वन्द्वकालका विष्फोटक पदार्थ खोजियोस् : शिला दीक्षित कार्की, मोरङ
केही दिन अगाडि पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गोठगाउँ खण्डमा चारवटा सिलिण्डर बम फेला परेको थियो । सशस्त्र द्वन्द्वका क्रममा राखिएका विष्फोटक पदार्थ खोजी गरी सम्पूर्णलाई निषेध गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिन जरुरी छ । १७ वर्षसम्म पनि उक्त विष्फोटक पदार्थ जमिनमुनि रहँदा कुनै अप्रिय घटना घटन सकेन । तर कुनै पनि बेला त्यस्ता विष्फोटक पदार्थले ठूलो क्षति निम्त्याउन सक्छ । तसर्थ त्यस्ता विष्फोटक पदार्थहरूको खोजी गरी हटाउनेतर्फ सभामुखमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

माघ १३ गते खेटेहाङ गाउँपालिका–१ लिकुपोखरीस्थित गोपाल बस्नेतको घरमा मानिसहरू मेलामा गएको बेलामा अचानक आगलागी भएछ । उक्त घटना कसरी भयो भन्ने अहिलेसम्म जानकारी हुन सकेको छैन । स्थानीयवासीको सहयोगबाट आगो नियन्त्रणमा लिए । आगलागीबाट लत्ताकपडा, खाद्यान्न आदि गरी २ लाख बराबरको क्षति भएको छ । पीडित परिवारलाई छिटोभन्दा छिटो राहत होस् ।

सुख्खा समय सुरुवात भएको छ । सुख्खा समयमा आगजनीको घटनाहरूले बिकराल रूप लिने गर्दछ । आम तराइवासीहरूको घरगोठ एकैठाउँमा हुने भएकोले त्यसबाट हुने क्षति ठूलो हुने देखिन्छ । त्यसैले प्रदेश सरकारले संवेदनशील भएर दीर्घकालीन समाधानको लागि लाग्न जरुरी देखिन्छ । यस समयमा प्रदेश सरकारले के कस्ता तयारी गरिरहेको छ यो विषय पनि महत्वपूर्ण रहेको छ । प्रदेश सरकारले आगलागी नियन्त्रणको लागि बेलैमा कदम चाल्नु राम्रो देखिन्छ ।

ठूलालाई चैन, सानालाई ऐन ? : विद्या चाम्लिङ राई, मोरङ
ताप्लेजुङ पाथीभरा मुक्कुम्लुङ धार्मिकस्थलमा ठूलालाई चैन, सानालाई ऐन भन्ने बुढापाकाको कुरा सुनेको थिएँ । ठूल्ठूला ठेकेदारहरूको हालिमुहाली र त्यहाँका जनतालाई गोलीको उपहार, त्यहाँ अन्यायपूर्ण भएको छ । यसप्रति म खेद व्यक्त गर्दछु । हाम्रो आधार भनेको तिनै ग्रासलेभलमा बस्ने जनताहरू हुन् । ती जनताहरूलाई हामीले उपहार होइन गोलीको उपहार ! राम्रो कुरा होइन । यस्ताखालका कुराहरूले सरकारमा पुगिसकेपछि त्यस ठाउँका जनतालाई बिर्सने बानी अन्त्यन्त नराम्रो र दुःखदायी छ । जुन दुखद् घटना भएको छ, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । दुईतिरकै, प्रहरी पनि जनताको छोराछोरी हुन्, शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्यसकारणले सरकारले वार्ताको बाटो अपनाओस् र चाँडोभन्दा चाँडो समस्या समाधान गरोस् भन्न चाहन्छु । त्यहाँको जनताहरूको मागलाई न्यायपूर्ण समाधान होस् भन्न चाहन्छु ।

बिमा सेवा प्रभावकारी होस् : कमला थापा मगर, 
मेरो प्रश्न स्वास्थ्य मन्त्रीलाई । स्वास्थ्य बिमामा बिमितहरूले बिमित भएको तीन महिनापछि मात्र सेवा सुविधा पाउने गरेको छ । तीन महिनासम्म बिरामीले कुर्नुपर्ने हो कि मर्नुपर्ने हो ?

जंगली हात्तीको समस्यामा सरकार गम्भीर होस् : सबिना बजगाईँ, झापा
विशेषगरी बुद्धशान्ति गाउँपालिका वडा नम्बर १, २, ३, त्यसैगरी मेचीनगर नगरपालिका हल्दीबारीका जनताहरू जंगलीहात्तीबाट त्रसित छन् । त्यहाँका जनताहरू रातिको समयमा निदाउन पाएका छैनन् । वर्षभरिको धान ढिकुटीमा थन्क्याएको अवस्थामा जंगली हात्तीले धान खाइदिने, जनतालो लगाएका बालीनाली नष्ट गरिदिने लगायता धेरै दुःखहरू त्यहाँका स्थानीयवासीले भोगिरहेका छन् ।

यो पनि पढ्नुहोस्

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

सिमरा विमानस्थलमा तनाव बढेसँगै सबै उडान रद्द

२० मिनेट अगाडि
बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच  झडप

बारामा एमालेका नेता–कार्यकर्ता र जेन–जीबीच झडप

२३ मिनेट अगाडि

सर्वप्रथमतः म त्यहाँका जनताहरूले भोगेका पीडा, दुःखकष्टलाई कम्तीमा पनि प्रदेश सरकारले मात्र गर्न सक्दैन भने प्रदेश सरकारमार्फत संघीय सरकारसँग पनि हात्ती समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु ।  राताेपाटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

हिमपात र शीत लहरकाे पूर्वतयारीका काम यथाशीघ्र गर्न निर्देशन

जथाभाबी एन्टिबायोटिक औषधीको प्रयोग नगर्न आग्रह

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक