बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बागमती प्रदेश सभापति कप फुटबलको फाइनलमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
बागमती प्रदेश सभापति कप फुटबलको फाइनलमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । न्युरोड टिम (एनआरटी) लाई टाइब्रेकरमा हराउँदै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश सभापति कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा मङ्गलबार भएको दोस्रो सेमिफाइनल खेलमा बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो ।

उपाधिका लागि बागमतीले बिहीबार सङ्कटा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

टाइब्रेकरमा बागमतीका नविन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गर्नुभयो । एनआरटीका अविषेक लिम्बू र कृतिशरत्न छुन्जुले मात्र गोल गर्नसक्नुभयो ।

सरोज तामाङको प्रहार विपक्षी गोलरक्षक विकेश कुथुले विफल पार्नुभयो भने सुमित श्रेष्ठको प्रहार पोस्टमाथि हुईकिएको थियो । गोलरक्षक विकेश प्लेयर अफ दि म्याच हुनुभयो ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजना गरेको प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता टिमलाई २६ लाख र उपविजेतालाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशी हो ।

यस्तै प्रत्यके खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

७ घण्टा अगाडि
रोनाल्डोकाे २०२६ काे विश्वकप अन्तिम हुने

रोनाल्डोकाे २०२६ काे विश्वकप अन्तिम हुने

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक