शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

परराष्ट्रमन्त्री देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 mins read
0
परराष्ट्रमन्त्री देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज यहाँ शिष्टाचार भेट गरेका छन् ।

सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयहरुका साथै आपसी चासो, साझा हित र आगामी दिनमा गरिने सहकार्यबारे कुराकानी भएको थियो ।

सो भेटका अवसरमा मन्त्री डा राणाले नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको चर्चा गर्दै नेपाल र भारतका नागरिक तथा दुई देशको पारस्परिक हितका लागि नेपाल सधैँ भारतसँग नजिक रहेर सहकार्य गर्न चाहेको बताएकी थिइन् ।

साथै सो भेटका क्रममा दुई देशबीचको सीमासम्बन्धी कार्यदल, बाउन्ड्री वर्किङ ग्रुप एक महत्वपूर्ण संयन्त्र रहेको र दुई देशका बीचमा सीमा सम्बन्धमा कुनै मुद्दा उठेमा सोही समूह बसेर आवश्यक कार्य गर्नुपर्नेमा केही बर्षदेखि त्यसको बैठक बस्न नसकेकाले उक्त ग्रुपको बैठक बस्ने विषयमा छलफल भएको थियो ।

सन् २०२४ को जनवरीमा बसेको नेपाल इन्डिया ज्वाइन्ट कमिसनको बैठकले पनि सो ग्रुपको बैठक तत्कालै बसेर सीमाका सम्बन्धमा आवश्यक कार्य गर्न निर्देशन दिएकाले सो बैठक चाँडै बस्नेबारे छलफल गर्दै यस्ता बैठक तथा द्विपक्षीय संयन्त्रका बैठकहरुले सम्बन्ध सुधार तथा आपसी सहकार्यमा सहजीकरण गर्ने चर्चा सो बैठकमा उनीहरूले गरे ।

नेपालले यस अघिदेखि नै भारतसँग अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको तथा भैरहवास्थित गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट हवाई उडानका लागि अनुरोध गरिएको विषयमा स्मरण गराउँदै मन्त्री डा राणाले यस विषयलाई विशेष प्राथमिकतामा राखिदिन सचिव महावर मार्फत् भारत सरकारलाई आग्रह गरेकी थिइन् ।

यसै महिना काठमाडौंमा बसेको द्विदेशीय व्यापारसम्बन्धी इन्टर गभर्मेन्टल कमिटी, आइजिसीका साथै नेपाल भारत उर्जासम्बन्धी बैठक फलदाली रहेका उल्लेख गर्दै द्विपक्षीय बैठकहरुलाई निरन्तरता दिनुपर्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

नेपालले महाकाली नदीको पूर्वी तर्फबाट दार्चुला हुँदै टिंकरसम्म पुग्ने सडक निर्माण गरिरहेको र भौगोलिक बिकटताका कारण निर्माण कार्यका लागि आवश्यक उपकरण एवं सामग्री ढुवानीका लागि समस्या भएकाले भारतको भूमि भएर ती सामग्रीहरुको ओसारपसारका लागि नेपालले औपचारिक रुपमा नै आग्रह गरिसकेकाले त्यसका लागि सहजीकरण गरिदिन पनि मन्त्री डा राणाले आग्रह गरिन् ।

यो पनि पढ्नुहोस्

कांग्रेसको महाधिवेशन बैशाख ६ मा गरौं : केन्द्रीय सदस्य किरणराज पौडेल

कांग्रेसको महाधिवेशन बैशाख ६ मा गरौं : केन्द्रीय सदस्य किरणराज पौडेल

९ घण्टा अगाडि
कम्युनिस्टहरुबीच एकता, धुर्वीकरण र मोर्चाबन्दीले मात्रै व्यवस्था परिवर्तन गर्न सकिन्छः सिपि गजुरेल

कम्युनिस्टहरुबीच एकता, धुर्वीकरण र मोर्चाबन्दीले मात्रै व्यवस्था परिवर्तन गर्न सकिन्छः सिपि गजुरेल

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक