काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनुपर्ने पक्षमा देखिएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद् भट्टराईले केबलकार निर्माणको विषयमा भइरहेको विवादबारे आज बागबजारमा पत्रकार सम्मेलन गरी केबलकार बनाउनुपर्ने तर निर्माण पक्षले त्यसका लागि पाथीभरा क्षेत्रका नागरिकलाई विभिन्न सेवा सुविधा दिनुपर्ने धारणा राखेका हुन्।
उनले तत्काल केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलन फिर्ता लिन पनि माग गरे। ‘आन्दोलनरत पक्षलाई विरोधका कार्यक्रम फिर्ता लिन र सरकारलाई गिरफ्तार भएका व्यक्तिलाई रिहा गर्न र घाइतेहरूको प्रभाकारी उपचार गरी अविलम्ब वार्ता गर्न माग गर्दछु,’ भट्टराईले भने।
पाथीभरको संस्कृति जगेर्नाका लागि मुकुलुङ पार्क निर्माण गर्नुपर्ने उनको माग छ। ‘पाथीभर केबलकारको निर्माण कार्यलाई निर्वाधरुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्वको कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिको जगेर्ना र सम्बर्द्धनका लागि मुकुलुङ पार्क र संग्राहलय निर्माग गर्न माग गर्दछु,’ उनले भने।