शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारी कार्यालयका ल्यापटपमा गेम इन्स्टल नगर्न सुझाव

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
सरकारी कार्यालयका ल्यापटपमा गेम इन्स्टल नगर्न सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको छ । केन्द्रले जारी गरेको साइबर सुरक्षासम्बन्धी एड्भाइजरीमा कर्मचारीहरूलाई कार्यालयका डिभाइसमा गेम इन्स्टल नगर्न र नखेल्न भनिएको हो ।

सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताका लागि जारी गरिएको एड्भाइजरीको खण्ड ‘घ’ को बुँदा नम्बर ९ मा भनिएको छ, ‘कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल गर्न वा खेल्न नखोज्ने ।’ कतिपय कर्मचारीले कार्यालयहरूका कम्प्युटर र मोबाइलमै तास, लुँडोजस्ता खेल खेल्ने गरेको बेलाबेलामा गुनासो सुनिने गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय कास्की, कोशी प्रदेशको भद्रपुर नगरपालिका लगायतले पनि कार्यालय समयमा कम्प्युटरमा खेल खेल्ने, गीत बजाउने, अनधिकृत वेबसाइटहरू प्रयोग नगर्न आचरण तथा अनुशासनसम्बन्धी सुझाव जारी गरेका थिए ।

साइबर सुरक्षा केन्द्रको एड्भाइजरीमा पाइरेटेड फिल्म, गीत, ई-बुक्स, सफ्टवेयर आदि डाउनलोड नगर्न पनि भनिएको छ । सरकारी सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन अपनाउनुपर्ने सावधानीको लामो सूची केन्द्रले तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यायलकै प्रणालीहरू इमेल फिसिङ आक्रमणदेखि सरकारको केन्द्रीय डेटा सेन्टरमा डी-डसजस्ता साइबर आक्रमणका घटना हुने गरेकोमा यसलाई न्यूनिकरण गर्न केन्द्रले कार्यालका डिभाइस चलाउँदा कर्मचारीहरूले गर्न हुने र नहुने विषयको सूची तयार पारेको हो ।

साइबर आक्रमण र ह्याकिङका घटना प्राविधिक विषय मात्रै भएर कर्मचारीको डिजिटल साक्षरतासँग पनि जोडिएका कुरा भएकाले गर्न हुने र नहुने विषयमा स्पष्टता ल्याउन सहज गर्ने गरी एड्भाजरी जारी गरेको केन्द्रले जनाएको छ ।

यो पनि पढ्नुहोस्

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

२ मिनेट अगाडि
मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक