काठमाडौं । सरकारले भोलि (माघ १६) गते शहिद दिवसको अवसरमा राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू सो कार्यक्रममा सहभागी हुनेछन् ।
‘भोलि शहीद सप्ताहको अन्तिम दिन हो । शहीद दिवस नेपाल सरकारको तर्फबाट मनाउने काम हुनछ । पहिला शहिदगेट जान्छौं,’ गुरुङले भने, ‘प्रधानमन्त्रीसहित मन्त्रीज्यूहरू सबैले माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुन्छ । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्छौं ।’
शहीदहरूलाई माल्यार्पण सकेपछि भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा कार्यक्रम आयोजना गरिने पनि उनले जानकारी गराए ।


