काठमाडौं । कास्की जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी उच्च अदालत पोखरामा रास्वपा सभापति रवि लामिछाने दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश मिलन कुमार राईको इजलासमा रविको निवेदनको पेशी तोकिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।