बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

क्रान्तिकारीको मतगणना सुरु भएन

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 mins read
0
अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को रोकिएको मतगणना सुरु हुन सकेको छैन।

मंगलबार मध्याह्न १२ बजेदेखि मतगणना सुरु हुने भनिएपनि यो समाचार तयार पार्दासम्म मतगणना हुने वा नहुने अनिश्चित रहेको छ।

शनिबार सम्पन्न भएको मतदानको भूगोलतर्फ सात प्रदेशको गणना सकिइसकेको छ। गैरभूगोलअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणनामा भने विवाद सृजना भएको थियो।

सदर मत र बदर मत कसलाई मान्ने विषयमा विवाद देखिएको थियो। एक पक्षले रातो मसी प्रयोग गरेको मात्र र अर्को पक्षले रातो-कालो दुवै मसी प्रयोग गरेको सदर मान्नुपर्ने अडान लिएपछि विवाद अहिले उत्कर्षमा छ।

निर्वाचन कमिटीले निरन्तर छलफल गरिरहेको भए पनि दुवै पक्षको अडान आ-आफ्नो हुँदा मतगणना अनिश्चित बन्दै गएको छ। मतगणना सुरु नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकि क्याम्पसमा थन्किएको छ।

सात प्रदेशको मतगणना सकिँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय अध्यक्षका उम्मेदवार विजय प्रकाश सापकोटा र जनार्दन शर्मापक्षीय अध्यक्षका उम्मेद्वार हेमन्त राईबीच कडा टक्कर छ।

सापकोटाले ४८५ र राईले ४६१ मत ल्याएका छन्। अध्यक्षका प्रत्यासी उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन्।

अहिले विवाद प्रचण्ड र जनार्दनपक्षबीच भएको हो।

जनार्दन पक्षको रातो मसी लगाएकोलाई मात्र सदर मान्नुपर्ने अडान लिएको छ। तर प्रचण्ड पक्षले रातो-कालो दुवै मसी प्रयोग गरेको भए पनि सदरमत मान्नुपर्ने अडान लिएको छ।

जसका कारण मतगणना अनिश्चित बनेको छ। विवाद समाधान गर्न निर्वाचन कमिटीले सकेको छ।

प्रचण्डको दबाबले मतगणना रोकिएको आरोप

मतगणना स्थगित हुनुको कारणमा मसीको प्रयोग जस्तो देखिए पनि यो राजनीतिक दबाबले रोकिएको बताइएको छ। विशेष गरेर पार्टी अध्यक्ष प्रचण्डले आफ्नो पक्षको उम्मेदवार सापकोटाले जित्नुपर्ने गरी लविङ गरेपछि मतगणना रोकिएको स्रोत बताउँछ।

प्रचण्ड र जनार्दनपक्षका उम्मेदवारबीच कडा प्रतिष्पर्धा छ। प्रदेशको मतगणना सकिँदा केही मतले मात्र प्रचण्डपक्षका सापकोटा अगाडी रहेको र उपत्यकामा जनार्दनपक्षका उम्मेदवार राईको राम्रो मत आउने देखिएपछि विवाद सृजना गरिएको स्रोतले बतायो।

‘रातो मसीले मात्र लगाएकोलाई सदर मत मानिएको छ। तर उपत्यकाको मत गणना हुँदा विवाद झिकियो। यहाँ राईको राम्रो मत आउने देखिएको छ’, स्रोतले भन्यो, ‘मसी कारण मात्र हो। पार्टी हेडक्वाटरबाट अध्यक्षका समर्थकलाई जिताउने दबाब छ।’

यसअघि नै सर्वसम्मत क्रान्तिकारीको नयाँ नेतृत्व छान्न प्रचण्ड लागेका थिए। तर आकांक्षी धेरै भएपछि प्रचण्डले सर्वसम्मत नेतृत्व चयन गर्न सकेका थिएनन्।

त्यसपछि प्याननै बनाएर नयाँ कार्यसमितिको लागि निर्वाचन भएको थियो।

यो पनि पढ्नुहोस्

सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

३ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

६ लाख २० हजार थपिए नयाँ मतदाता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक