काठमाडौं, १५ माघ चन्द्रागिरी नगरपालिका-८ समाटा टोलस्थित रामेछाप गोकुलगंगा गाउँपालिका-५ घर भएका लक्ष्मण नेपालीको सिलाई कटाई पसलमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा पसलमा भएका कपडा, सिलाउने मेसिन ३ थान, सिलाउन राखिएका कपडाहरू, तयारी कपडाहरू जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


