काठमाडौं । सोमबार पनि सेयर बजार परिसूचक (नेप्से) घटेको छ। १०.६१ अंकले बजार घट्दा परिसूचक २६३३ बिन्दुमा ओर्लिएको छ। सोमबार ८ अर्ब ९२ करोड ४० लाखको कारोबार भएको छ। सोमबार कुल ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सोमबार १०५ कम्पनीको मूल्य बढेको छ।
यसमध्ये न्याग्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जानकी फाइनान्स कम्पनी, ग्रिन डेभलप्मेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढ्यो। सोमबार १२९ कम्पनीको मूल्य घट्यो।
यसमा सप्तोकोशी विकास बैंक, उपकार लघुवित्त, धौलागिरि लघुवित्त लगायत कम्पनीका लगानीकर्ता सबैभन्दा धेरै गुमाउनेमा परेका छन्। सोमबार ९ कम्पनीको मूल्य भने स्थिर रह्यो। सोमबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै बढेको छ। यो उपसमूह ३.४६ प्रतिशतले बढेको छ।