बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मीनकुमारी राणामार्गको नामाकरण, प्रतिमा अनावरण तीन व्यक्तित्व पुरस्कृत

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
मीनकुमारी राणामार्गको नामाकरण, प्रतिमा अनावरण तीन व्यक्तित्व पुरस्कृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । स्व.मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण गरिएको छ  । प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापा एवं विशेष आतिथि सङ्घीय सांसद दुर्लभ थापाले ले प्रतिमा अनावरण गरेका हुन् ।

कार्यक्रममा नगद एकाउन्न हजार एक रुपैयाँ राशिको प्रजातन्त्र सेनानी पुरस्कारबाट तिलकप्रकाश कायस्थ, त्यति नै राशिको वरिष्ठ पत्रकार पुरस्कारबाट श्री आचार्य र वरिष्ठ खेलाडी एवं प्रशिक्षक पुरस्कारबाट प्रचण्ड शर्मा पुरस्कृतलाई पुरस्कृत गरिएको थियोे । कार्यक्रममा भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयका जेहनदार विद्यार्थीलाई प्रदान गर्ने गरी ५१ हजार १ रुपैयाँको छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थापाले स्व. मीनकुमारी राणाको जीवन र योगदानको उच्च प्रशंसा गरे । उनले राणाको लोकतन्त्र र समाजसेवामा समर्पित जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गरे । समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै थापाले संविधानमा केही सुधार भए पनि आधारभूत कुरामा परिवर्तन नहुने र आवधिक निर्वाचनमार्फत सरकार परिवर्तनलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि सांसद दुर्लभ थापाले स्व. मीनकुमारी राणालाई एक कुशल, संस्कारयुक्त, र राजनीतिक दृष्टिकोण सम्पन्न व्यक्तित्वका रूपमा स्मरण गरे । कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले मीनकुमारी राणाको बानी व्यवहारले सधैं आफूहरुलाई उर्जा मिल्ने गरेको स्मरण गरे ।

प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ पत्रकार हरिहर विरहीले राणाको परिवार व्यवस्थापन र लोकतान्त्रिक आन्दोलनमा देखाएको नेतृत्वको प्रशंसा गर्दै वर्तमान लोकतान्त्रिक दलहरू विचलित भइरहेकोप्रति चिन्ता व्यक्त गरे। पुरस्कृत व्यक्तित्वहरूमध्ये तिलकप्रकाश कायस्थले युवाहरूले पार्टीभित्र हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका लागि ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिमा प्रतिष्ठानका अध्यक्ष कबिर राणा, वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत, र महासचिव रवि राणा सदस्य रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कबिर राणाले स्व. मीनकुमारी राणाको योगदान स्मरण गर्दै आमाको पुण्यतिथिमा यसरी कार्यक्रम गर्दै आउनु परिवारको दायित्व रहेको बताए । महासचिव रबि राणाले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै आमाको योगदानको स्मरण गरे ।

प्रतिष्ठानले पहिलो पुण्यतिथिमा डा. रामवरण यादवद्वारा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत, र प्रशिक्षक मदन गुरुङलाई सम्मान गरिएको थियो । दोस्रो पुण्यतिथिमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लेखनाथ न्यौपाने, पत्रकार किशोर नेपाल र प्रशिक्षक प्रकाश थापामगरलाई सम्मान गरिएको थियो ।

मीनकुमारी राणा प्रतिष्ठानले स्व. राणाको योगदानलाई चिरस्थायी राख्न हरेक वर्ष यस प्रकारका प्रेरणादायी कार्यक्रमको आयोजना गर्दै आएको छ । आगामी वर्ष पनि यसले निरन्तरता पाउने प्रतिष्ठानका अध्यक्ष कबिर राणाले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न

८ घण्टा अगाडि
रोनाल्डोकाे २०२६ काे विश्वकप अन्तिम हुने

रोनाल्डोकाे २०२६ काे विश्वकप अन्तिम हुने

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

वाम एकता ! समाजवाद कि दलालवाद ?

खापुङकाे विदेश भ्रमण रोक

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुनकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक