शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महानगर भित्र बिगतका भ्रष्टाचार खोतल्दै मेयर बालेन

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन प्रमुख शाहको निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । फराकिला फुटपाथ, भूमिगत बिजुली र इन्टरनेटका तार, एउटै सेतो रङ्ग पोतिएका चिरिच्याट्ट घरहरू । यो ‘सुधारिएको न्यूरोड’को परिचय हो ।

हिजोआज काठमाडौं महानगरपालिका वडा नं २४ मा पर्ने न्यूरोड क्षेत्रले दिनरात नभनी मुहार परिवर्तन गर्दै छ ।

न्यूरोडको जुद्धशालिकबाट उत्तरतर्फ इन्द्रचोकसम्म पछिल्लो केही महिनायता फेरिएको स्वरूपले काठमाडौँको विकासको मोडल देखाएको छ ।

पछिल्ला केही महिनामा सो क्षेत्रको फुटपाथ फराकिलो बनाइएको छ । असरल्ल छोडिएका तार भूमिगत गरिएको छ, ‘टाटेपाङ्ग्रे संरचना’मा एउटै सेतो रङ्ग लगाएर एकानासको चिरिच्याट्ट बनाइएको छ, बनाउने क्रममा छ ।

महानगरको निर्णयको स्वागत गर्दा फेरिएको मुहार !

काठमाडौँ–२४ मा पर्ने सो क्षेत्र कसरी यति सुन्दर भयो ? यो प्रश्नको उत्तर खोज्न आजभन्दा करिब एक वर्ष अघि पुग्नुपर्छ ।

२०८० माघको पहिलो सातासम्म काठमाडौँको न्यूरोड लगायत व्यस्त व्यापारिक क्षेत्रमा सडकको दायाँबायाँ पार्किङ गर्ने गरिएको थियो । त्यो पनि महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यकै संलग्नतामा कुनै एक नीजि व्यवसायिक कम्पनीलाई ठेक्का नै दिएर ।

बिद्यासुन्दरको ‘स्मार्ट पार्किङ’ परियोजनामा कम्तिमा ३ अर्ब भ्रष्टाचार

तर, काठमाडौं महानगरपालिकाले २०८० माघ ९ गते एक निर्णय गर्यो, न्यूरोड लगायतका क्षेत्रमा कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने ।

सो समयमा काठमाडौं महानगरपालिकाले वडा नं २२, २३ र २४ मा पर्ने धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गर्ने निर्णय गर्यो ।

यो निर्णय गरेसँगै त्यसअघि भरिभराउ सडकका दायाँबायाँ खुल्ला बने, सडक फराकिला देखिए । उता नेतृत्वकै साँठगाँठमा पार्किङको ठेक्का कुम्ल्याएर महिनामै करोडौँ उठाउने कम्पनीको पनि कमाई गुम्यो । अनि सुरु भयो कचिङ्गल ।

महानगरको उक्त निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका वडा नं २२ का वडाध्यक्षसहितका जनप्रतिनिधि नै सडकमा उर्लिए । एमालेबाट निर्वाचित वडाध्यक्ष चिनीकाजी महर्जनले पत्रकार सम्मेलन गरेर न्युरोडमा पार्किङ हटाउने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएपछि सो क्षेत्रका स्थानीय र केही व्यवसायी आन्दोनलमा उत्रिए । तर उनीहरुको केही लागेन । न्यूरोडको कालोपत्रेमा भएको पार्किङ हटेरै छोड्यो ।

उता पार्किङ हटाइएको केही क्षेत्र काठमाडौँ महानगरपालिका वडा नं २४ मा समेत पर्थ्याे । तर, सो क्षेत्रमा पार्किङ हटाउँदा वडा नं २४ ले भने महानगरपालिकाको निर्णयलाई सहयोग गर्यो । व्यापारी र स्थानीयले समेत सहयोग गरेपछि त्यस क्षेत्रको पार्किङ व्यवस्थापन सहज बन्यो ।

त्यस्तै काठमाडौं महानगरपालिकाले २०८१ जेठ १४ गतेदेखि काठमाडौँ महानगरको वडा नम्बर २४ र २२ मा फुटपाथ बिस्तारको कार्य सुरु गर्यो । सो क्षेत्रमा स्मार्ट क्यामेराको सहायतामा महानगरले अध्ययन गरेर जनघनत्व अनुरुपको फुटपाथ नभएको भन्दै बढाउने निर्णय गरेको थियो ।

फुटपाथको कार्य सुरु गरेसँगै महानगरको सो कदमको विरोधमा पुनः उत्रिए चिनीकाजी मर्हजन । उनले केही स्थानीय, समर्थक र व्यापारी जुटाएर महानगरपालिकाको डोजर नियन्त्रणमा लिनेदेखि काम गर्न आउने कर्मचारीसम्मलाई अवरोध गरे । यतिसम्म कि सो अवस्थामा झडपको समेत स्थित बन्यो तर पनि चिनिकाजीले डोजरमाथि चढेर ताण्डव देखाए । तर काम गर्न दिएनन् ।

महानगरपालिकाले त्यसअघि जति ठाउँ ओगटेर पार्किङ गरिएको थियो, त्यती ठाउँमा मात्र फुटपाथ विस्तार गर्ने तयारी गरेको थियो । तर वडाध्यक्ष महर्जनले जबसम्म फुटपाथ विस्तार गर्ने निर्णयबाट महानगर पछि हट्दैन तबसम्म वडाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरे । त्यतिमात्रै हैन, उनले न्युरोडको फुटपाथमै पाल टांगेर वडाका काम चलाउन थाले ।

महानगरले पटकपटक सो क्षेत्रमा फुटपाथ विस्तार गर्ने प्रयास गर्यो तर वडाध्यक्षकै अगुवाईमा त्यो कार्य गर्न दिइएन् ।

अन्ततः महानगरपालिकाले वडा नं २२ मा फुटपाथ विस्तारको कामलाई थाँति राख्दै सो क्षेत्रमा फुटपाथ आवश्यक पर्छ कि पर्दैन भनेर अध्ययन गर्न साउन ७ गते १ समिति गठन गर्यो ।

९ सदस्यीय अध्ययन समितिले विभिन्न पक्षलाई समेटेर अध्ययन गर्न मंसिर १ गतेसम्मका लागि कार्यदेश दिइएको थियो । तर समितिले त्यो अध्ययन गर्न समय अभाव भएको भन्दै ६ महिनालाई थप समय माग गरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उता मंसिर १ गतेसम्म दिइएको समयसिमासम्म अध्ययन नसकेर उल्टै समय थप गर्दा वडा नं २२ को फुटपाथ विस्तार अनिश्चत बनेको छ । अहिले पनि सो क्षेत्र अस्तव्यस्त नै छ ।

तर काठमाडौँ महानगरपालिकाको सोही निर्णय २२ नं वडा सँगैको अर्को वडा अर्थात वडा नं २४ ले भने सहर्ष स्विकार गर्यो वा भनौँ महानगरको त्यो निर्णयलाई वडाका प्रतिनिधि, स्थानीय र व्यवसायीले स्वागत गरे । फलत अहिले वडा नं २४ को जुद्धशालिकदेखि उत्तरतर्फ इन्द्रचोकसम्मको फुटपाथ विस्तार भएको छ ।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

११ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

महानगरले सो क्षेत्रको फुटपाथ विस्तार मात्रै गरेको छैन, विद्युत प्राधिकरणसँगको सहकार्यमा यत्रतत्र छरिएर रहेका विद्युतिय तार समेत भूमिगत गरेको छ । अहिले फुटपाथमा रहेका अनावश्यक विद्युतिय पोल समेत हटाइएको छ । जसले गर्दा वडा नं २४ को सो क्षेत्र फराकिलो र सफा देखिएको छ ।

जुद्ध समशेरको पालाकै स्वरुपमा फर्काइँदै संरचना

अहिले वडा नं २४ को सो खण्डलाई जुद्ध शमसेरकै पालाको स्वरुपमा फर्काउने प्रयास गरिएको छ । अहिले सो क्षेत्रका घरहरुमा सेतो रङ्ग लगाउने कामलाई तिव्रता दिइएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २४ का अनुसार महानगरको शौन्दर्यकरण अभियानलाई स्थानीयले साथ दिएर सो रंगरोकन गरेका हुन् । ‘फुटपाथ विस्तार र तार भूमिगत भएपछि फेरिएको संरचनालाई पुरानो शैलीमा फर्काउने हाम्रो चाहना थियो’, वडाध्यक्ष विनोद कुमार राजभण्डारीले भने, ‘सो प्रस्ताव लिएर स्थानीयसँग जाँदा उहाँहरुले गर्नैपर्छ भनेर साथ दिएर अहिले रंगरोकन गरिरहनु भएको छ । हाम्रो केही लगानी छैन त्यहाँ ।’

वडाको नीतिलाई स्थानीयले साथ दिँदा अहिले सो क्षेत्र साँच्चिकै हेर्न र घुम्न लायक बनेको छ । चिरिच्याट्ट बनेको सो क्षेत्रलाई हेर्न र टिकटक बनाउन आउने क्रम पनि बढ्दो छ । उता व्यवसायी र स्थानीय पनि खुसी छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक