काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३० माघदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ।
केन्द्रीय कमिटी बैठक तीन दिन चल्नेछ। त्यसअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठक बोलाइएको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जनाए । उनका अनुसार १७ गते सचिवालय, २८ गते स्थायी कमिटी र २९ गते पोलिटब्यूरो बैठक बस्नेछ।
‘यी बैठकहरुको एजेण्डा सचिवालय बैठकबाट तय गरिनेछ’, उपाध्यक्ष ज्वालाले भने।