काठमाडौं । काठमाडौं, महानगरपालिका-२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङ गए राति मृत अवस्थामा फेला परेकी छन् ।
जाजरकोट, भेरी नगरपालिका-४ बरलाकुनास्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


