शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रपति ट्रम्पद्वारा सामूहिक निर्वासन अभियान सुरु

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
डोनाल्ड ट्रम्प राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामूहिक निर्वासन अभियान सुरु गरेसँगै अमेरिकामा रहेका सयौँ आप्रवासीलाई बिहीबार पक्राउ गरिएको र केहीलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले शुक्रबार क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो ।

ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन् ।

’इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलिरहेको छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्।ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए र यसै साता आफ्नो दोस्रो कार्यकालको सुरुवात संयुक्त राज्य अमेरिकामा प्रवेशमा सुधार गर्ने उद्देश्यले कार्यकारी निर्णयमा यसलाई समावेश गर्नुभएको थियो ।

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो हप्ताको दोस्रो दिन ट्रम्पले भारी आयात करको साथ प्रहार गर्ने आफ्नो निर्वाचन अभियानमा बारम्बारको प्रतिज्ञाका बावजुत फक्स न्यूजसँगको अन्तवार्तामा भन्नुभयो, “अमेरिकाको सबैभन्दा ठूलो आर्थिक प्रतिद्वन्द्वी (चीन) लाई भारी आयात करको साथ प्रहार गर्ने आफ्नो बारम्बार प्रतिज्ञाका बावजुत चीनमाथि तत्काल कर वृद्धि हुनेछैन ।”

उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग आफूले यसअघि तीन पटक भेटेको र उहाँलाई ‘स्मार्ट मान्छे’ को संज्ञा दिनुभएको थियो ।

आफ्नो कार्यकालको पहिलो दिन नै राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा ‘राष्ट्रिय आपतकालीन अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो र आप्रबासीलार्ई ‘आपराधिक एलियन’ को संज्ञा दिँदै उनीहरूलाई देश निकाला गर्ने वाचा गर्दै त्यस क्षेत्रमा थप सेना तैनाथ गर्ने घोषणा गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकामा अनुमानित एक करोड १० लाख गैरकानुनी आप्रवासी छन्।

बिहीबार न्यूजर्सीको नेवार्क शहरका डेमोक्र्याटिक मेयर रास बाराकाले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) का एजेन्टहरूले “एक स्थानीय प्रतिष्ठानमा छापा मारेको र बिना कागजात वा अवैध कागजातबाहक विदेशी निवासीलाई हिरासतमा लिइएको छ।”

बाराकाका अनुसार छापामार्ने क्रममा पक्राउ परेकामध्ये एक जना अमेरिकी सेनाका भूतपूर्व सैनिक थिए ।आईसीईले एक्समा अद्यावधिक गरेको रिपोर्टमा ‘५३८ जनाको गिरफ्तारी गरी र ३७३ जनालाई हिरासतमा राखिएको’ जानकारी गराइएको छ ।

आइसिईले आपराधिक अभियोगमा पक्राउ परेका र अमेरिकी कानून अनुसार निर्र्वासित गर्न सकिने गैर–नागरिकहरूलाई हिरासतमा राख्छ।

यो पनि पढ्नुहोस्

स्पेनमा घातक रेल दुर्घटनामा रेल चालकको मृत्यु

स्पेनमा घातक रेल दुर्घटनामा रेल चालकको मृत्यु

१ दिन अगाडि
ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक