आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बाजुरा, बुढीगंगा नगरपालिका-८ बेतालमाडौंस्थित सडकमा बेतालमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०२० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कुल बहादुर लुहारको छोरा ४ वर्षीय निसु लुहारको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडकमा ज.१ त ४१०१ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी भँगाहा नगरपालिका-९ बस्ने २८ वर्षीय जय किशोर सरदारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको के.सि. अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

रोल्पा, गंगादेव गाउँपालिका-१ बिवाङस्थित सडकमा तुल्सीपुरबाट चैतेकाफल मेलटारीतर्फ जाँदै गरेको ग.१ ज ५७४२ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ८ जना मध्ये १ जनाको स्मृती हस्पिटल घर्तीगाउँमा उपचार भइरहेको छ ‌भने ६ जनालाई थप उपचारको लागी स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र १ जनालाई रेउका अस्पताल रोल्पा पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, बलरा नगरपालिका-२ हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी छोरी ३ वर्षीया सोहानी कुमारी रायको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारत मेजरगंजको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईस्थित सडकमा लु.८२ प २७५५ नम्बरको मोटरसाइकल ना.१ क १७५३ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा गाउँपालिका-३ करवाना बस्ने ३७ वर्षीय कृष्ण मुरली खनालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महोत्तरी, गौशाला नगरपालिका-९ बिसरपुरस्थित सडकमा गौशालाबाट बिसरपुरतर्फ जाँदै गरेको ज.१२ प ३५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय जय प्रकास यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

२ दिन अगाडि
बलात्कार गरेकाे आरोपमा पक्राउ

बलात्कार गरेको अभियोगमा नेपालीलाई ३ वर्ष जेल सजाय

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बर्दियामा गैँडा मृत फेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक