काठमाडौं । भाटभटेनी सुपर मार्केटको कर प्रणाली ह्याक गरेको कसुरमा २ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले चितवनबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत घर भएर चितवन बस्ने सन्तोष पराजुली र गोरखाका परिन पाण्डे रहेका छन् । उनीहरूको भाटभटेनी सुपर मार्केटको एकीकृत कर प्रणालीको युजर नाम र पासवर्डमा पहुँच पु¥याएर कर दाखिलाको विवरण फरक पारेको प्रहरीको दाबी छ ।
चितवनमा अडिट फर्म चलाएर बस्ने उनीहरूलाई भाटभटेनीले गरेको उजुरी पछि अनुसन्धानको दायरमा ल्याइएको सीआईबीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिए ।