काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पाल्पा र रूपन्देहीमा तय भएको उद्घाटन र शिलान्यास कार्यक्रममा नजाने भएका छन् । चिकित्सकको सुझावमा प्रधानमन्त्री ओली बालुवाटारमै आराम गर्ने भएका हुन् ।
मंगलबार बेलुकीदेखि अस्वस्थ भएका ओलीलाई चिकित्सकहरूले आराम गर्न सुझाव दिएपछि उनी सहभागी हुने पाल्पा र रूपन्देहीको कार्यक्रम स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, र बुटवल गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।