काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्व्कपको समूहचरणमा सबै खेल हारेर ‘सुपर सिक्स’मा पुग्न असफल भएको नेपालले आज ‘प्लेअफ’ मा मलेसियासँग खेल्दै छ।
नेपाल र मलेसियाबीचको खेल मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा १२ बजेदेखि सुरू हुनेछ।
नेपालले समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो। तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न असफल भएको थियो। उता मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इन्डिज रहेको समूहमा परेको थियो। मलेसियापनि तीनवटै खेलमा पराजित भएको थियो।
पहिलोपटक विश्वरकप खेलेको मलेसिया आयोजकको नाताले विश्वनकपमा सोझै स्थान बनाउन सफल भएको थियो। नेपाल भने एसिया क्षेत्र छनोटको विजेताका रुपमा विश्व कपमा प्रवेश गरेको थियो।